आज : Thursday, July 04, 2024 | २०८१ असार २० बिहीबार

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, बिश्वासको मत सामना गर्ने 

समाज खबर संवाददाता |

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको  पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको एक नेताले बताए ।राजीनामा दिँदा नयाँ सरकार गठनको बाटो खुल्ने थियो । प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसो गर्दा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ ।एक वर्ष यता सरकारले भ्रष्टाचारविरुद्ध गरेको कारबाहीको कारण आत्तिएर नयाँ गठबन्धन बनेको ठहर पार्टीले गरेको छ । साथै, पार्टीले अन्य राजनीतिक दलहरुसँगसमेत छलफल गर्ने भएको छ । संविधान संशोधनको बारेमा स्पष्ट धारणा बनाउन पनि पार्टीले माग गरेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस