आज : Sunday, July 07, 2024 | २०८१ असार २३ आइतबार

मणिपाललाई नियम बिपरित करोडौं राजस्व छुट दिएको भन्दै पोखरा महानगरमा अख्तियारको छापा

समाज खबर संवाददाता |

पोखरा । एक शिक्षण अस्पताललाई नियम बिपरित राजस्व छुट दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा महानगरपालिकामा छापा मारेको छ ।मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको विषयमा छानबिन गर्न अख्तियारले आज महानगरमा छापा मारेको हो । छापाबाट विभिन्न कागजात नियन्त्रणमा लिइएको अख्तियार पोखरा कार्यालयले जनाएको छ  ।‘मणिपालको विषयमा बाहिर आएकै कुरा हो । यस विषयमा छानबिनका लागि हामीले छापा हानेको हौँ । केही कागजात बरामद गरिएको छ,’ आयोग श्रोतले  भन्यो । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल अस्पतालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।

प्रतिकृया दिनुहोस