आज : Sunday, July 07, 2024 | २०८१ असार २३ आइतबार

एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता, के गर्लान प्रचण्ड ?

समाज खबर संवाददाता |

काठमाडौँ । नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।मंगलबार बसेको सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको हो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा पत्र बुझाउने जानकारी दिए । एमालेबाट सरकारमा आठ जना मन्त्री सहभागी छन् ।

प्रतिकृया दिनुहोस