आज : Sunday, June 30, 2024 | २०८१ असार १६ आइतबार

इग्ल्याण्डलाई पराजित गरि भारत फाइनलमा

समाज खबर संवाददाता |

भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।१० वर्षपछि भारतीय टोली टी–२० विश्वकपको फाइनलमा पुगेको हो । 
गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर बलिङ रोजेका थिए ।  रोहित शर्माको अर्धशतकको मद्दतमा पहिले ब्याटिङ गरेको टीम इण्डियाले इंग्ल्याण्डलाई १७२ रनको लक्ष्य दिएको थियो ।टस हारेर पहिला ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल खडा गरेको थियो । भारतका ओपनर तथा कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन प्रहार गर्दै राम्रो सुरुवात दिलाएका थिए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन जोडे । हार्दिक पन्ड्याले १३ बलमा २७ रन बनाए भए रविन्द्र जडेजा ९ बलमा १७ रनमा नटआउट रहे । अक्षर पटेल १० रनमा अविजित रहे ।इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिएका थिए । रिस टोप्ली, जोफ्रा आर्चर, स्याम करन र आदिल रशिदले समान १ विकेट लिएका थिए । सो लक्ष्य पछ्याउने क्रममा इंग्लिस टोली १६.४ ओभरमा १०३ रन बनाउँदा अलआउट हुन पुग्यो ।भारतले उपाधिका लागि अब दक्षिण अफ्रिकाको सामना गर्ने छ । 

 

 

 

प्रतिकृया दिनुहोस