आज : Sunday, July 07, 2024 | २०८१ असार २३ आइतबार

एमाले मन्त्रीहरुले बुझाए सामूहिक राजीनामा

समाज खबर संवाददाता |

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले सत्ता सहयात्रा गर्ने सहमतिमा पुगेसंगै  नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । बुधबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाएका हुन् ।कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।कांग्रेस र एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेपनि उनी संसदमा बिश्वासको मत फेस गर्ने मनस्थितिमा रहेको बताइन्छ । 

प्रतिकृया दिनुहोस