आज : Sunday, July 07, 2024 | २०८१ असार २३ आइतबार

एक्लिँदै प्रचण्ड, रास्वपाले पनि आज सरकार छाड्दै

समाज खबर संवाददाता |

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाले आज सरकार छाड्ने बताएको छ । सत्ता गठबन्धनको ठूलो दल एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएपछि दबाबमा परेको रास्वपाले आज सरकार छाड्ने तयारी गरेको हो ।रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पार्टीबाट सरकारमा गएका सबै मन्त्रीहरु फिर्ता हुने बताए । उनले भने, ‘दुई ठूला दल मिलेर सरकार बनाउने निर्णय गरिसकेपछि र एमालेले समर्थन फिर्ता लिइसकेपछि अब सरकारमा बस्नु नैतिक रूपमा ठीक हुन्न, हाम्रा मन्त्रीहरूले आज राजीनामा दिनुहुन्छ ।’

 

प्रतिकृया दिनुहोस