आज : Sunday, July 07, 2024 | २०८१ असार २३ आइतबार

प्रधानमन्त्री प्रचण्डले संसद फेस गर्छु भनेपछि राजीनामा नदिई फर्किए रास्वपाका मन्त्री

समाज खबर संवाददाता |

काठमाडौं । राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद फेस गर्छुृ भनेपछि राजीनामा नदिई फर्किएका छन् ।  मन्त्रीहरुको राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका शीर्ष नेताहरु प्रधानमन्त्रीलाई भेटेपछि राजीनामा नदिई फर्किएका हुन् ।।प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेल पर्खिन आग्रह गरेको बताए ।प्रधानमन्त्रीको आग्रह ठिकै लागेर आफूहरुले राजीनामा नदिई फर्किएको र चाँडो संसदको प्रक्रियामा जान सुझाव दिएको बताए । प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरुले साथ दिने बताएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस