आज : Sunday, July 07, 2024 | २०८१ असार २३ आइतबार

कांग्रेसले भन्यो : राजीनामा दिएर प्रचण्डले मार्ग प्रशस्त गर्नुपर्छ

समाज खबर संवाददाता |

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।प्रमुख सचेतक रमेश लेखकले अहिलेको राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए ।उनले भने, ‘एमालेले पनि प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न अनुरोध गरिसकेको छ । ठूला दुई दलसँगै मिलेर जाने भनेपछि स्वभाविक रूपमा मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ । बैठकले मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे संवैधानिक प्रक्रिया आफ्नो ठाउँमा छँदैछ ।’बैठकले एमालेसँग भएको सहमति  पनि अनुमोदन गरेको छ । एमाले र कांग्रेसबीच सुरुका दुईवर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र त्यसपछि चुनावसम्म सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

 

प्रतिकृया दिनुहोस