आज : Thursday, July 04, 2024 | २०८१ असार २० बिहीबार

माओवादी प्रतिक्रिया : गिरिबन्धुमा ओली र भुटानी शरणार्थीमा कांग्रेस तानिने भएपछिको गठजोड

समाज खबर संवाददाता |

काठमाण्डौं । नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहयात्रा गर्ने सहमति सँगै नेकपा माओवादी केन्द्र सशंकित भएको छ । पछिल्लो घटनाक्रमबारे समीक्षा गर्न माओावादीले पदाधिकारी बैठक बोलाएको छ । पछिल्लो सहमतिप्रति माओवादी आक्रोशित देखिन्छ र खासगरि संविधान संशोधन गर्ने गरि भएको सहमतिमा माओवादीको आपत्ति छ । माओवादी एक नेताका अनुसार गिरिबन्धुमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नक्कली भूटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसंगै कांग्रेस नेताहरु तानिने भएपनि कांग्रेस एमाले आत्तिएर गठजोड गरेका हुन् । ती नेताले भने “भुटानी शरणार्थी प्रकरणमा बूढानीलकण्ठ तानिएको र गिरीबन्धु टी-स्टेटमा बालकोट तानिने पक्कापक्की भइसकेपछि एमाले-कांग्रेसबीच सहमति भयो, यो प्रष्टै देखिन्छ, ।

प्रतिकृया दिनुहोस