आज : Thursday, July 04, 2024 | २०८१ असार २० बिहीबार

नयाँ सरकार गठनप्रति बालेनको ब्यङय : यो गिरिबन्धु चियाको समय हो

समाज खबर संवाददाता |

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकार गठनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिप्रति व्यंग्य गरेका छन् ।

मंगलबार सामाजिक संजालमार्फत मेयर साहले ओली र देउवाको तस्बिर राख्दै भनेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’

मेयर साहले गिरिबन्धु टी स्टेटमा भएको अनियमितताको छानबिनको माग गर्दै आएका छन् । उनले यसबारेमा एमाले अध्यक्ष ओलीप्रति पटक पटक कटाक्ष गर्दै आएका छन् । अब एमाले र कांग्रेसको सरकार बनेपछि यो प्रकरण सेलाउने भन्दै उनले व्यंग्य गरेका हुन् ।

गएराति दुई ठूला दल एमाले र कांग्रेसबीच सरकार गठनमा सहमति भएको छ । सहमति अनुसार सुरुको दुई वर्ष ओली प्रधानमन्त्री बन्नेछन् त्यसपछिको बाँकी अवधिमा देउवा प्रधानमन्त्री बन्ने छन् । सहमतिमा ओली र देउवाले हस्ताक्षर गरिसकेका छन् । सहमति अनुसार आजै नयाँ सरकार गठनको सम्भावना छ ।

प्रतिकृया दिनुहोस