आज : Monday, June 02, 2025 | २०८२ जेठ १९ सोमबार

कांग्रेस नेता आलमलाई सफाई दिने न्यायाधीशहरु बिरुद्ध उजुरी

समाज खबर संवाददाता |

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरुमाथि छानबिन गर्न माग गर्दै न्यायपरिषदमा उजुरी परेको छ ।युवराज पौडेलले फैसला गर्ने न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न माग गर्दै शुक्रबार परिषदमा उजुरी गरेका हुन् ।उनीहरु पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै निवेदनमा उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उनले जिल्ला अदालतको फैसला एवं उच्च अदालतबाट मिसिल मगाई अनुसन्धान गर्न माग गरेका छन् ।गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बम विस्फोटबाट घाइतेहरुलाई ज्युँदै इटाभट्टामा पोलेको आरोप खेपेका कांग्रेसका पूर्वसांसद आफ्ताब आलम लगायतलाई सफाइ दिने फैसला गरेको थियो ।

प्रतिकृया दिनुहोस