आज : Tuesday, June 03, 2025 | २०८२ जेठ २० मंगलबार

आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

समाज खबर संवाददाता |

काठमाडौं । राजसंस्था पक्षधर आन्दोलनकारीलाई प्रहरीले आइतबार नक्सालस्थित नारायणचौरमा लाठीचार्ज गरेको छ ।यस क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित केही आन्दोलनकारी पक्राउ परेका छन् ।पूर्वउपप्रधानमन्त्री एव गृहमन्त्री समेत रहेका थापालाई तानेर सडकमा घिसार्दै प्रहरीको भ्यानमा राखिएको थियो ।यसैवीच  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष थापालाई तत्काल रिहा नगरे आन्दोलनको स्वरुप परिवर्तन गर्ने चेतावनी दिएका छन् ।आइतबार दिउँसो काठमाडौंको नक्सालबाट राप्रपा नेपालका अध्यक्ष थापालाई पक्राउ गरेपछि अध्यक्ष लिङ्देनले ससम्मान रिहा नगरे भोलिदेखि आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।

 

प्रतिकृया दिनुहोस