आज : Wednesday, June 04, 2025 | २०८२ जेठ २१ बुधबार

पोखरा प्रहरीको पहलमा करिव ६ सय अलपत्र यात्रुलाई गन्तब्यमा पठाइयो 

समाज खबर संवाददाता |

तस्वीर : जिल्ला प्रहरी कार्यालय कास्की

पोखरा । यातायात ब्वयसायीहरुको आन्दोलनका कारण देशभर सार्वजजिक सवारी साधन नचल्दा यात्रहरु मर्कामा परेका छन् । यसैबीच आज पोखराबाट  गन्तव्य तर्फ जान नपाएका करिवं.५सय ६४ जना अलपत्र यात्रुहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की  र सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिकाको पहल गन्तब्य तर्फ पठाइएको छ ।  प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेत र  सशस्त्र प्रहरी निरीक्षक रमेश कंडेलको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले आवश्यक पहल गरी पोखरा महानगरपालिका . वडा नं.७ पर्यटक बसपार्कबाट काठमाण्डौको लागि १४ वटा सवारी साधन र पोखराबाट नारायणगढको लागि ३ वटा गरी जम्मा १७ वटा सवारी साधनहरुलाई प्रहरी स्कटिङ सहित गन्तव्यतर्फ पठाईएको  छ । 
गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ सम्बन्धी कानुनको बिरोधमा देशभर सार्वजनिक यातायात नचल्दा यात्रुहरु मर्कामा परेका छन् । 
काठमाण्डौं उपत्यकामा पनि प्रहरीको सवारी साधन र साझा यातायातका बसहरुले यात्रुहरुलाई सेवा पुर्याएका छन् । 

 

May be an image of 9 people, trolley and textMay be an image of 9 people, trolley, cablecar, street and text

प्रतिकृया दिनुहोस