आज : Monday, June 02, 2025 | २०८२ जेठ १९ सोमबार

सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

समाज खबर संवाददाता |

कर्मचारीको तलव बढेन,बृद्ध भक्ताको उमेर अब ७० बर्ष

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पेस गरेका हुन् ।यो गतवर्षको भन्दा एक खर्ब ४ अर्ब ठूलो बजेट हो । विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड तथा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च हुनेछ ।यो खर्चमध्ये १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वमार्फत, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करो र वैदेशिक ऋणमार्फत २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ जुट्नेछ । बाँकी ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएर बजेट बजेट घाटा पूर्ति गरिने अर्थमन्त्री पौडेलले बताए । बजेटमा कर्मचारीहको तलव बृद्धि नगरि मासिक ५ हजार महंगी भक्ता दिइने भनिएको छ । यसै गरि बृद्ध भक्ता पाउने उमेर अब ६८ बाट ७० बनाइएको छ । अर्थका जानकारहरुले दुइ प्रमुख दलले ल्याएको बजेट फितलो भएको प्रतिक्रिया दिएका छन् । 

प्रतिकृया दिनुहोस