आज : Monday, June 02, 2025 | २०८२ जेठ १९ सोमबार

विपक्षी दलले माग गृहमन्त्रीको राजीनामा 

समाज खबर संवाददाता |

 काठमाण्डौं । प्रतिनिधि सभा बैठकमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । 
 बैठक शुरु हुना साथ माओवादी केन्द्रका बर्षमान पुनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय समेत प्रत्यक्ष जोडिएको पाइएको भन्दै छानबिन प्रभावित हुन नदिन गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे । उनले अख्तियारले मुख्य आरोपित भनेको तीर्थ भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्यहाँ पठाइएको र गृहमन्त्रीको सचिवालय यो घटनामा प्रत्यक्ष जोडिएको बताए। उनले राजीनामा दिएर अनुसन्धानलाई सघाउन आग्रह गरे। यस्तै रास्वपाका शिशिर खनालले पनि भिजिट भिसा प्रकरण मानव तस्करी भएको भन्दै अरबौको भ्रष्टाचार भएको बिषयमा गृहमन्त्रीमाथि निष्पक्ष छानबिन आयोग बनाउनुपर्ने माग गरे । ‘यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन। यो त म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ। प्रश्न मन्त्रीज्यूमाथि उठेको छ, राजीनामा आउनुपर्छ,’ उनले भने, ‘आज हामी राजीनामा मात्रै माग गर्दै छैनौं। संगठित ढंगले भएको यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरण जोडिएर हेर्ने गरी छानबिन गर्ने एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न सक्दैन।’ नियमित कार्यसूचीमा प्रबेश गर्न नसकेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएपनि अझै शुरु हुन सकेको छैन । 

प्रतिकृया दिनुहोस