आज : Wednesday, June 04, 2025 | २०८२ जेठ २१ बुधबार

देशैभर सार्वजनिक यातायात ठप्प, नागरिकलाई सास्ती

समाज खबर संवाददाता |

काठमाडौं । यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । बन्द भएसँगै आज बिहानैबाट काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ ।देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरेपछि सर्वसाधारण मारमा परेका हुन् । सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण गन्तव्यमा जान पैदलयात्रा गर्न बाध्य भएका हुन् ।गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग व्यवसायीले गरेका छन् ।यसबारेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आजदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिले जनाएको छ ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार समितिको आह्वान अनुसार सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन्।

प्रतिकृया दिनुहोस