आज : Wednesday, June 04, 2025 | २०८२ जेठ २१ बुधबार

सदन जसरी पनि चल्छ, गृहमन्त्रीको राजीनामा अनुचित : ओली

समाज खबर संवाददाता |

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् । संसदीय दलको बैठकमा ओलीले एउटा कर्मचारीलाई अख्तियारले सोध्यो भन्दैमा मन्त्रीले राजीनामा दिन जरुरी नभएको पनि बताए । उनले भोलिदेखि संसद चल्ने भन्दै विपक्षीहरुको भनाईको तर्कपूर्ण रुपमा प्रतिवाद गर्न पनि निर्देशन दिए । ओलीले बजेट बहसमा भाग लिँदा पनि तथ्यपूर्ण, विपक्षीको भ्रम चिर्ने गरि प्रस्तु हुन पनि सांसदहरुलाई निर्देशन दिए । 
 भिसिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन प्रमुख सह सचिव तीर्थराज भट्टराईलाई बयान लिएपछि बिपक्षी दलहरुले गृहमन्त्रीले पनि राजीनामा दिनुपर्ने भन्दै संसद अबरुद्ध गर्दे आएका छन् । बजेट भाषणमा भने उनीहरुले कुनै अबरोध गरेनन् । 

प्रतिकृया दिनुहोस