गृहले भन्यो : अध्यागमन सम्बन्धी बिषयको छानबिनमा सघाउँछौं(बिज्ञप्ति सहित)
समाज खबर संवाददाता |
कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा नेतृत्वको संलग्नता नरहेको दाबी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले स्पष्टिकरण दिएको छ । “कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट पार्दछौं,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा पूर्ण सहयोग गर्ने पनि मन्त्रालयले प्रष्ट पारेको छ ।
प्रतिकृया दिनुहोस