आज : Sunday, September 08, 2024 | २०८१ भदौ २३ आइतबार

पहिलो महिला मुख्यसचिव बनिन् गड्तौला,योजना आयोगमा अधिकारी

समाज खबर संवाददाता |

काठमाडौँ । सरकारले मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई  मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो । योसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । गड्तौला आगामी १५ भदौमा अवकाश हुनेछिन् । बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकबाट त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको एक मन्त्रीले बताए ।अरु ६ सदस्य पनि नियुक्त भएको उनले जानकारी दिए ।

 

 

 

प्रतिकृया दिनुहोस