आज : Tuesday, September 17, 2024 | २०८१ असोज १ मंगलबार

 ओलीले भने : इपिजी प्रतिवेदन बुझ्न भारतले समक्ष निकाल्ला भन्ने लागेको छ

समाज खबर संवाददाता |

काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न नसकिने बताएकाछन् ।
जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन ः नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै उनले नेपाल–भारतबीचमा धेरै नभएपनि केही समस्याहरु रहेको र तिनको समाधानका लागिआफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) गठन गरिएको बताए। 
उनले भने, ‘इपिजीको प्रतिवेदनबुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपालीपक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन । भारतीयपक्षको पनि प्रतिवेदन बुझ्नअब समयमिल्ला भन्ने लाग्या छ । प्रतिवेदन बुझेपछि दुवै मुलुककाबीचमा थाँती रहेका विषयमा छलफल गर्न सहज हुन्छ । भारत लामो संस्कृति भएको छिमेकी मित्रहो । हामीले खुल्लाखुलस्तरुपमा छिमेकीसँग कुरा गर्नुपर्छ ।  खुल्ला कुरा राख्ननसकेर भूराजनीतिको टाउकामा दोष थोपर्र्न मिल्दैन । सत्ताप्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुखबन्द गर्ने वा टाउको हल्लाउने कामहामीले गर्नु हुँदैन ।’

प्रतिकृया दिनुहोस