आज : Tuesday, September 17, 2024 | २०८१ असोज १ मंगलबार

भाद्र कुशे औंसी अर्थात् आज बुवाको मुख हेर्ने दिन

समाज खबर संवाददाता |


काठमाडौं । आज सोमबार, भाद्र कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । 
आजको दिन बुवालाई भेटेर मिठा परिकार तथा उपहार दिने र  आशीर्वाद लिने प्रचलन छ । छोराछोरीहरूले आफ्ना बुवालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।
बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । 
आज काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेको छ । 
यसैबीच, भाद्र कृष्ण औंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरी देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने चलन छ ।
 

प्रतिकृया दिनुहोस