आज : Tuesday, September 17, 2024 | २०८१ असोज १ मंगलबार

प्रचण्ड अस्थिरता निम्त्याउने अभियानमा : ओली

समाज खबर संवाददाता |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति सत्ताबाट हट्नुपर्दाको पीडा भएको बताएका छन् ।

मंगलबार पार्टीको पोलिटब्युरो बैठकमा प्रधानमन्त्री ओलीले श्रीलंका र बंगलादेश हुन्छ भन्ने प्रचण्डको अभिव्यक्ति सत्ता छाड्नपर्दाको पीडा भएको बताएका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा प्रचण्डले गरेको सम्बोधन पनि अराजकता निम्त्याउने खालको रहेको बताए । बंगलादेश र श्रीलंकाको उदाहरण दिएर जिम्मेवार नेताले सदनमा बोल्नु गलत भएको बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले देश र जनतामा केन्द्रित भएर सरकार अघि बढेको बताएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

माओवादी अध्यक्ष प्रचण्डले नेपाल पनि श्रीलंका र बंगलादेश बन्ने अभिव्यक्ति दिँदै आएका छन् । प्रचण्डले नेपाली सत्तारुढ दललाई यसबारे ध्यान दिन आग्रह गर्ने गरेका छन् ।

तर सत्तारुढ दलका नेताहरुले भने त्यसको प्रतिवाद गर्दै आएका छन् । बैठकमा सरकार र जनप्रतिनिधिहरूको प्रभावकारी परिचालनका साथै जनता र राष्ट्रका पक्षमा वर्तमान सरकारले गरेका कामहरूलाई जनस्तरमा पुर्याइने समेत योजना रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । यस्तै, नयाँ पुस्तामा पार्टीको काम व्यवस्थित गर्ने कुरालाई पनि विशेष जोड दिएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस