आज : Tuesday, September 17, 2024 | २०८१ असोज १ मंगलबार

गण्डकीमा बल्ल एमाले सरकारमा, ४ मन्त्रीले लिए शपथ ,असन्तुष्ट मनाङेले दिए राजीनामा

समाज खबर संवाददाता |

गण्डकी । केन्द्रमा नयाँ सरकार गठन भएको डेढ महिनापछि गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । सोमबार नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।नेकपा एमालेका चार जना नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष सोमबार शपथ ग्रहण गरेका हुन् ।एमालेकी पद्मा जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री, कृष्णप्रसाद पाठकले स्वास्थ्यमन्त्री, मित्रलाल बस्यालले उद्योग तथा पर्यटनमन्त्री र प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्रीको शपथ लिएका हुन् । सात वटा मन्त्रालय रहेकोमा दुई मन्त्रालय थपेर आइतबार ९ पुर्यााइएपछि एमाले सरकारमा सहभागी भएको हो ।हालका भौतिक मन्त्री दीपक मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ  वन तथा वातावरण मन्त्रालय पाएपछि असन्तुष्ट बनेर मनाङेले राजीनामा दिएका छन्।भने कांग्रेसका विन्दुकुमार थापा स्वास्थ्य मन्त्रालय टुक्रिएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा यथावत छन् ।कांग्रेसका टकराज गुरुङ आर्थिक मामिलामन्त्री, नेसपाका फणीन्द्र देवकोटा पनि उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा यथावत छन् ।

प्रतिकृया दिनुहोस