आज : Tuesday, September 17, 2024 | २०८१ असोज १ मंगलबार

पदक विजेता पलेसालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत :बाजागाजासहित नगर परिक्रमा गराइँदै 

समाज खबर संवाददाता |


काठमाडौं । पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन काठमाडौं आइपुगेकी छन् । 
पेरिसमा ओलम्पिक २०२४को के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कांस्य पदक जितेकी थिइन् ।  
ऐतिहासिक पदक विजेता पलोसासहित नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलगायतले स्वागत गरेका थिए । उनको सम्मानमा अहिले बाजागाजासहित नगर परिक्रमा गराइँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ¥याली गौशाला, नयाँबानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुग्नेछ । 
पलेसासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि स्वदेश फर्किंएका छन् । 
पेरिस पारालिम्पिकअन्तर्गत रिपेचेजको कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । 
उनले रिपेचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् । यो नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो ।

 

प्रतिकृया दिनुहोस