आज : Tuesday, September 17, 2024 | २०८१ असोज १ मंगलबार

कांग्रेस सांसदलेनै मागे सञ्चारमन्त्रीको अभिब्यक्तिबारे सरकारको जवाफ 

समाज खबर संवाददाता |

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिब्यक्तिका बारेमा सरकारको धारणा माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले  देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई सञ्चारमन्त्रीले सार्वजनिक रुपमा अपशब्द व्यक्त गरेको भन्दै सरकराको धारणा माग गरेका हुन् । मन्त्री गुरुङले केहीदिन अघि पोखरामा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका थिए । मन्त्री गुरुङको अभिब्यक्तिको चौतर्फी आलोचना भएको छ । 
 

प्रतिकृया दिनुहोस