आज : Tuesday, September 17, 2024 | २०८१ असोज १ मंगलबार

टानको अध्यक्षमा माओवादी निकट पाण्डे विजयी

समाज खबर संवाददाता |


काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नेकपा माओवादी केन्द्र निकट सागर पाण्डे विजयीभएका छन् । 
 कांग्रेस एमाले निकट राजेन्द्र सापकोटालाई १०० मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएकाहुन् । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत ल्याए । 
यस्तै महसचिवममा पाण्डे समूहकै सोनामग्यल्जेन शेर्पा विजयी भएका छन् । उनले सापकोटा समूहका राजेन्द्रप्रसाद सुवेदीलाई हराए । 
चोलेन्द्र कार्कीलाई पराजितगर्दै कर्मा शेर्पा वरिष्ठ उपाध्यक्षमा विजयी भए। प्रथमउपाध्यक्षमा विष्णुप्रसाद लम्सालर द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भए।
सचिवमा रिञ्जीजाङबु शेर्पा र कोषाध्यक्षमा गौतमराज वाग्ले विजयीभए। सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा चयभए।
प्वित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) सदस्यपदमा निर्वाचित भएका छन् । 
नयाँ नेतृत्व चयनका लागि टानमा सोमबार निर्वाचन भएको थियो । 
 

प्रतिकृया दिनुहोस