आज : Monday, December 30, 2024 | २०८१ पौष १५ सोमबार

निजामती सेवा दिवस : यी हुन् पुरस्कृत हुने उत्कृष्ट ४० कर्मचारी 

समाज खबर संवाददाता |

काठमाडौँ । सरकारले २१औँ निजामती सेवादिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । 
सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भएपनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएन । 
यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरेको छ ।
जानकारी अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार गर्ने १० जनाकर्मचारीहरूमा रामचन्द्र दंगाल, शंकरबहादुर के.सी., राजुप्रसाद गुरागाईँ, सागर मिश्र, चूडाराज न्यौपाने, कृष्ण सापकोटा, चिरञ्जीवी नेपाल, आशा राई बुनु राना र निलबहादुर पुर्जा मगर रहेका छन् । 
यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा मित्र बराल, मोहन राई, शिव प्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ्ग, कफिल अहमद, श्यामकुमार यादव, गंगादत्त भट्ट, सविता नकर्मी, र केशव राजपार्धे रहेका छन् । त्यस्तै वेद प्रसाद खनाल, प्रेम कुमार पोखरेल, शीतल सिंह उखेडा, कृष्णप्रसाद पौडेल,सुशीला सिंह, शिलुकालिंथेप, उदयप्रकाशलिम्बु, कृष्ण बहादुर खत्री, हेमन्ती साउँद र राममाया गुरुङले पनिनिजामती सेवा पुरस्कार पाएका छन् । 
यस्तै निजामती पुरस्कार पाउने अन्यकर्मचारीहरूमा डा. पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्र प्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छनबहादुर बोगटी, हिरालाल सुनार, मानबहादुर दराई, जनक महत र टहल बहादुर जिरेल रहेका छन् ।

प्रतिकृया दिनुहोस