आज : Sunday, September 08, 2024 | २०८१ भदौ २३ आइतबार

लामा बागमतीका नयाँ मुख्यमन्त्री, शपथ भोलि

समाज खबर संवाददाता |

बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन्। 

 

प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार (आज) लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मंगबार नै उनले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी पेस गरेका थिए। नेपाली कांग्रेस बागमती संसदीय दलका नेता समेत रहेका लामाले एमालेका २७ र कांग्रेसको ३७ गरि ६४ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।लामाको शपथ भोलि हुने बताइएको छ । 

 

प्रतिकृया दिनुहोस