आज : Sunday, September 08, 2024 | २०८१ भदौ २३ आइतबार

तत्कालका लागि रोकियो न्यूरोड फुटपाथ बिस्तार, कार्यदल गठन

समाज खबर संवाददाता |

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तारबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन् ।

महानगरका मेयर, उपमेयर, २२, २३ र २४ नम्बर वडाका अध्यक्षलगायतको सहभागितामा भएको छलफलका क्रममा आगामी मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेस गर्ने सहमति भएको काठमाडौं महानगर–२३ का वडाध्यक्ष मचाराजा महर्जनले जानकारी दिएका छन् ।

अब अध्ययन कार्यदलको प्रतिवेदन नआउन्जेल थप फुटपाथ विस्तार नगर्ने सहमतिसमेत भएको छ । नौ सदस्यीय कार्यदलबाट वभिन्न विषयमा अध्ययन गरेर त्यसबाट आउने प्रतिवेदन महानगर प्रमुखलाई बुझाउने र त्यसका आधारमा फुटपाथ विस्तारका बारेमा थप निर्णय हुने उनले बताए ।

फुटपाथ विस्तार गर्ने क्रममा महानगर र स्थानीयबीच विवाद भएको थियो । विवाद भएपछि महानगरले जनप्रतिनिधिसहित स्थानीयलाई सोमबार छलफलमा बोलाएको थियो।

प्रतिकृया दिनुहोस