आज : Tuesday, July 02, 2024 | २०८१ असार १८ मंगलबार

उपाधिका लागि भारत र दक्षिण अफ्रिका आज भिड्दै

समाज खबर संवाददाता |

काठमाडौं। वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको ट्वान्टी–२० विश्वकप २०२४  फाइनल आज हुँदैछ । 
 आज बार्बाडोसस्थित केन्सिङ्टन ओभलमा फाइनल खेल हुनेछ। जारी प्रतियोगितामा दुवै टोली अपराजित रहेका छन्।

योसँगै दक्षिण अफ्रिका पहिलो पटक आइसिसीको प्रतियोगिताको फाइनल खेल खेल्ने तयारीमा छ। सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो।

ट्वान्टी–२० क्रिकेटमा दक्षिण अफ्रिकामाथि भारतले दबदबा कायम राखेको छ। यी दुईबीच कुल २६ खेल भएका छन्। जसमध्ये भारतले १४ र दक्षिण अफ्रिकाले ११ मा जित हात पारेका छन्।

त्यस्तै, एउटा खेल निष्कर्षविहीन बनेको छ। ट्वान्टी–२० विश्वकपमा पनि भारतले दक्षिण अफ्रिकालाई दबाबमा राखेको छ। भारतले चार खेल जितेको छ भने दक्षिण अफ्रिकाले दुई खेल जितेको छ। यस्तोमा भारत उपाधि भिडन्तमा जितको प्रबल दाबेदार हो।

प्रतिकृया दिनुहोस