आज : Sunday, June 30, 2024 | २०८१ असार १६ आइतबार

पछिल्लो २४ घण्टामा बाढी, पहिरो, चट्याङमा परि १४ जनाको मृत्यु

समाज खबर संवाददाता |

काठमाडौं । बाढी, पहिरो र चट्याङका पछिल्लो २४ घण्टामा देशभर १४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा पहिरोका घटनाबाट आठ जना, चट्याङ लागेर पाँच जना र बाढीमा परी १ जनाको मृत्यु भएको छ ।

पहिरोमा परी ओखलढुंगामा एक, लमजुङमा पाँच र कास्कीमा दुई जनाको मृत्यु भएको छ । लम्जुङको क्व्होलासोथार गाउँपालिका–३ स्थित बगुममा पहिरोले तीनवटा घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने दुई जना बालिका बेपत्ता भएका छन् ।

प्रतिकृया दिनुहोस