आज : Tuesday, July 02, 2024 | २०८१ असार १८ मंगलबार

दक्षिण अफ्रिकालाई हराएर भारतले जित्यो उपाधि

समाज खबर संवाददाता |

 

काठमाडौं। दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले १७ वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकप जितेको छ। 

शनिबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले सन् २००७ पछि पहिलोपल्ट उपाधि जितेको हो। 

 

भारत जारी प्रतियोगितामा अपराजित रह्यो। पहिलो संस्करणमा भारतले पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो।भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रनमात्रै बनाउन सक्यो।

दक्षिण अफ्रिकाका हाइनरिक क्लासनले सर्वाधिक ५२ रन बनाए। २७ बल खेलका उनले दुई चौका र पाँच छक्का प्रहार गरे। क्विन्टन डी कक ३९, ट्रिस्टन स्टब्स ३१ र डेभिड मिलर २१ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

भारतका हार्दिक पाण्ड्याले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीत बुहराहले समान दुई विकेट लिँदा अक्षर पटेलको नाममा एक विकेट रह्यो।

त्यसअघि बार्बडसस्थित किंगस्टन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

 टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्।

त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक क्षण आनन्द लिए। विदा लिने यो‌ समय हो।’

शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टि ट्वान्टी विश्वकप जितेको थियो। यसअघि भारत सन्‌ २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बनेको थियो। रोहित त्यतिबेला पनि टोलीका सदस्य थिए ।

प्रतिकृया दिनुहोस