आज : Sunday, June 30, 2024 | २०८१ असार १६ आइतबार

ज्ञानेन्द्र शाहीको जवाफमा आक्रोशित हुँदै प्रधानमन्त्रीले भनेः प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ

समाज खबर संवाददाता |

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा प्रधानमन्त्री रहेको र आफू प्रधानमन्त्री भएको बताएका छन् ।

विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै यो देशमा प्रधानमन्त्री छ कि छैन ? भन्दै उठाएका गरेका थिए ।

रुस युक्रेन युद्धका क्रममा नेपालीहरूको मृत्यु हुँदा पनि सरकारले चासो नदिएको भन्दै शाहीले उक्त प्रश्न गरेका थिए । शाहीलाई जवाफ दिँदै प्रचण्डले देशमा प्रधानमन्त्री रहेको र आफू प्रधानमन्त्री भएको जवाफ फर्काए ।

उनले भने, ‘नेपालमा प्रधानमन्त्री छ । र, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ । अझ जोड दिएर भन्न चाहन्छु, प्रचण्ड भएको हुनाले भन्न चाहन्छु राति १२ बजे रुसी सेनाको लडाइँ मोर्चामा भएकाहरुसँग फोनमा कुरा गर्ने गरेको छु ।’

प्रधानमन्त्रीले नेपाली नागरिक रुसी सेनामा जानु र त्यहाँ युद्धमा मारिनु दुःखद भएको बताए ।

प्रतिकृया दिनुहोस