आज : Tuesday, July 02, 2024 | २०८१ असार १८ मंगलबार

लालिगुँरास सहकारीका अध्यक्ष र कोषाध्यक्ष पनि पक्राउ

समाज खबर संवाददाता |

काठमाडौँ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुरस्थित लालीगुराँसका अध्यक्षसहित चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरको हो ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधान रहेका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेकोमा गत चैतमा जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो ।

उनीहरुविरुद्ध तीन करोड ठगी गरेको उजुरी परेको छ । मुद्दा दर्ता भएसँगै संस्थाका अध्यक्ष तथा अन्य सदस्यहरू फरार रहेकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार काठमाडौँको विभिन्न स्थानहरूबाट पक्राउ गर्न सफल भएको थियो ।

चारै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिकृया दिनुहोस