आज : Sunday, June 30, 2024 | २०८१ असार १६ आइतबार

एसईईको नतिजा प्रकाशित ( यसरी हेर्न सकिन्छ नतिजा)

समाज खबर संवाददाता |

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । परीक्षामा ४७.८६ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।

५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

गत चैत १५ देखि २७ गतेसम्म सञ्चान भएको परीक्षामा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए । परीक्षामा सहभागीमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।१८६ जनाको ४.० जिपीए आएको छ। ५२.१४ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा परेका छन्। अर्थात् २ लाख ४२ हजार ९२ जना विद्यार्थीले कक्षा ११ पढ्न पाउने छैनन्।

बोर्डले यस र्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

प्रतिकृया दिनुहोस