आज : Sunday, June 30, 2024 | २०८१ असार १६ आइतबार

अफगानिस्तानलाई हराएर दक्षिण अफ्रिका फाइनलमा

समाज खबर संवाददाता |

काठमाडौं।   दक्षिण अफ्रिका ऐतिहासिक सफलता प्राप्त गर्दै जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।बिहीबार बिहान भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हरायो।अफगानिस्तानले दिएको लक्ष्य दक्षिण अफ्रिकाले १ विकेट गुमाएर ८ दशमलव ५ ओभरमा भेट्टाएको हो । अफगानिस्तानले दक्षिण अफ्रिकालाई फाइनल प्रवेश गर्न ५७ रनको लक्ष्य दिएको थियो ।  ब्रायन लारा स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन बनाएको हो।अफगानिस्तानका अजमतउल्लाह ओमरजाईबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।दक्षिण अफ्रिकाका मार्को यानसन र तबरेज शम्सीले समान तीन विकेट लिए। कगिसो रबाडा र अनरिख नार्खिऐको नाममा समान दुई विकेट रह्यो।पहिलो सेमिफाइनलमा ऐतिहासिक जित निकाल्दै दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा ५ र टी-२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो ।अब इङ्ल्यान्ड र भारतबीच हुने खेलको विजेतासँग दक्षिण अफ्रिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

प्रतिकृया दिनुहोस