आज : Sunday, June 30, 2024 | २०८१ असार १६ आइतबार

लमजुङमा पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता

समाज खबर संवाददाता |

काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउदा एकै परिवारका ४ जना हराइरहेका छन् ।

मध्यराति १ बजेतिर खसेको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएका हुन् ।पहिरोले पुरिदा रुद्रमान गुरुङ, उनकी बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू इच्छा र नम्रता बेपत्ता भएको वडा सदस्य विनप्रसाद घलेले जानकारी दिए ।उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल हिंडिसकेको छ ।यसैबीच कास्कीमा पनि पहिरोमा परि २ जनाको मृत्यु भएको छ । 

देशैभर मनसुन सक्रिय भएकोले सतर्क रहन प्रशासन कार्यालयहरुले आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस