आज : Sunday, June 30, 2024 | २०८१ असार १६ आइतबार

एसईईको नतिजा बिहीवार सम्म प्रकाशन गर्ने तयारी

समाज खबर संवाददाता |

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा (रिजल्ट) बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ।

 

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए।असार १५ सम्म नतिजा सार्वजनिक गर्ने गरि काम भैरहेपनि बिहीवार सम्म नतिजा निकाल्न सकिने गरि तयारी अघि बढेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

प्रतिकृया दिनुहोस