आज : Sunday, June 30, 2024 | २०८१ असार १६ आइतबार

इस्लाम धर्मावलम्बीहरुले बकर इद मनाउँदै

समाज खबर संवाददाता |

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्व मनाउँदैछन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ ।मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।यस अबसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

प्रतिकृया दिनुहोस