आज : Sunday, September 08, 2024 | २०८१ भदौ २३ आइतबार

दाहसंस्कार गरेर गोर्खा फर्कदै गर्दा त्रिशुलीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु

समाज खबर संवाददाता |

चितवन । काठमाडौँबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । दुर्घटनापछि एक जना बेपत्ता छन् ।

प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ । अठार वर्षीय दिवस रोकाय बेपत्ता छन् ।

चितवन जिल्ला प्रहरीका प अनुसार क्यान्सर राेगले मृत्यु भएका शंकर राेकाकाे दाहसंस्कार गरेर फर्किने क्रममा परिवारजन चढेकाे ट्याक्सी त्रिशुलीमा खसेकाे हाे ।  अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए ।

शनिबार बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक उक्त दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहोस