बैंगलोर बन्यो आइपिएल च्याम्पियन
समाज खबर संवाददाता |

काठमाण्डौं । पन्जावलाई ६ रनले पराजित गर्दे रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले पहिलो पटक इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चुमेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा भएको फाइनलमा पञ्जाबलाई हराउँदै आरसिबीले पहिलो पटक च्याम्पियन बनेको हो । १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन मात्र बनायो ।पञ्जाबका शंसाक सिंहले ३० बलमा ३ चौका र ६ छक्कासहुत सर्वाधिक ६१ रन बनाए । इङ्लिसले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३९ रन जोडे ।कप्तान श्रेयस अय्यर १ रनमा आउट भए । ओपनर प्रियाशं आर्य २४, प्रभसिमरन सिंह २६ तथा निहाल बढेरा १५ रन जोडे ।आरसिबीका लागि भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले २ तथा रोमारियो शेफर्ड, जोस हेजलवुड र यश दयालले समान १ विकेट लिए ।त्यसअघि पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको आरसिबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । आरसिबीका पूर्व कप्तान विराट कोहोलीले सर्वाधिक ४३ रन जोडे । उनले ३५ बलमा ३ चौका प्रहार गरे । कप्तान रजत पाटीदार १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । मंयक अग्रवाल १८ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन थपे ।ओपनर फिल साल्ट ९ बलमा १६, लियम लिविङ्स्टोन १५ बलमा २५, जितेश शर्मा १० बलमा २४ तथा रोमारिया शेफर्ड १७ रनमा आउट भए ।पञ्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ तथा अजमतुल्लाह उमरजाई, विजय कुमार वैशाख र युजभेन्द्र चहलले समान १ विकेट लिए ।पञ्जाब दोस्रो पटक पनि उपविजेतामा सिमित रहेको हो । २०१४ को फाइनलमा पन्जाब कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो ।
प्रतिकृया दिनुहोस