आज : Wednesday, January 15, 2025 | २०८१ माघ २ बुधबार

रविलाई ६० लाख धरौटीमा छाड्न काठमाण्डौं अदालतको आदेश

समाज खबर संवाददाता |

काठमाण्डौं । काठमाण्डौं जिल्ला अ दालतले पनि रास्वपा सभापति रवि लामछिानेलाई  धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको थुनछेक बहसपछि साठी लाख धरौटीमा छाड्ने आदेश भएको हो  । कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि लामिछाने गत आइतबार अदालतमा उपस्थित भएसँगै बयान र थुनछेक बहस सुरु भएको थियो । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ । यस अघि कास्की जिल्ला अदालतले पनि ६५ लाख धरौटीमा छाढ्न आदेश दिएको थियो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस