आज : Wednesday, January 15, 2025 | २०८१ माघ २ बुधबार

रवि फेरि हिरासतमै

समाज खबर संवाददाता |

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा फर्काइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।उनलाई आइतबार पनि काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् । भोलि (मंगलबार) सरकारी बिदा भएका कारणले बुधबार मात्रै थुनछेक बहस हुने भएको हो ।

प्रतिकृया दिनुहोस