रबि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
समाज खबर संवाददाता |
पोखरा । कास्की जिल्ला अ दालतले रास्वपा सभापति रवि लामछिानेलाई ६५ लाख धरौटीमा छाढ्न आदेश दिएको छ । करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्तिक, २ गते पक्राउ परेका थिए । सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो।न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस हुँदै आएको थियो । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहसपछि बुधबार सहकारीपीडितहरूका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए ।पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर दुरूपयोग अभियोग रविमाथि लागेको थियो । आदेश आएसंगै रबि समर्थकहरुले अदालत परिसरमा खुशीयाली मनाएका छन् । सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
प्रतिकृया दिनुहोस