आज : Saturday, January 11, 2025 | २०८१ पौष २७ शनिबार

विपक्षी दलका शीर्ष नेताहरुसंगको भेटपछि प्रचण्डले भने :अब ओली सरकार चल्दैन

समाज खबर संवाददाता |

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँगको संवादलाई तीव्र बनाएका छन् ।

बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका प्रचण्डले शुक्रबार पनि अध्यक्ष नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि छलफल गरेका छन् ।

शुक्रबार प्रचण्ड र अध्यक्ष नेपालबीच समाजवादी मोर्चालाई पुर्नजागृत गराउने विषयमा कुरा भएको छ । अध्यक्ष नेपालले समाजवादी मोर्चालाई सक्रिय बनाइने र माघ २ गते मोर्चाको बैठक बोलाइएको उनले जानकारी दिए ।

दुई नेताबीच छलफल चलिरहँदा शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि उक्त छलफलमा सहभागी भएका थिए ।

संविधान संशोधनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको फरक अभिव्यक्ति आएपछि प्रचण्डले पछिल्लो समय समाजवादी मोर्चालाई सक्रिय बनाउने र अन्य विपक्षी दललाई पनि एकठाउँमा ल्याउन छलफल अघि बढाएका छन् ।

नेताहरुको छलफलपछि अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकार लामो समय नजाने बताए । प्रचण्डको भनाई थियो, ‘अपारदर्शी, अलोकतान्त्रिक र अप्राकृतिक भएकाले अब यो गठबन्धन चल्दैन।’

प्रतिकृया दिनुहोस