माधव नेपालले देउवालाई भने : डडेल्धुरामा बिमानस्थल किन चाहियो ? कमिसन खान ?
समाज खबर संवाददाता |
काठमाण्डौं । पूर्व प्रधानमन्त्री एव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले डडेल्धुरामा बिमानस्थल आबश्यक नभएको भन्दै कमिसनका लागि मात्रै बिमानस्थल बनाउन खोजिएको दाबी गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले कमिसन खान मात्रै त्यस्ता योजना अघि सारिने दाबी गरे। ‘अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरु कसैलाई, सुन्नुहोला, शेरबहादुरजीले,’ नेपालले भने, ‘ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला। त्यो चल्छ त्यहाँ विमानस्थल? बैतडीमा चलिरहेको छ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन? के छ त्यसको हालत? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन? उदयपुरमा के आवश्यकता छ? किन बनाउनु पर्यो भने त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ। सिधा त्यो कुरा बाहेक अरु केही पनि होइन। अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ। यस्तै कुराहरुले पनि धेरै नोक्सानी भइरहेको छ।’
प्रतिकृया दिनुहोस