आज : Wednesday, January 15, 2025 | २०८१ माघ २ बुधबार

मधेश केन्द्रीत दलहरुले भने : संविधान संशोधनमा मधेशका मुद्धा प्राथमिकतामा राख्नुपर्छ

समाज खबर संवाददाता |

काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनको बेलामा मधेशका मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने सहमति गरेका छन् । मधेश केन्द्रित दलहरुबीच गठित कार्यदलको बैठकले आफूहरुको संवादलाई निरन्तरता दिनेसमेत निर्णय गरेको हो । धुम्वाराहीस्थित समर्पण एकेडेमीमा बसेको बैठकले मोर्चालाई निरन्तरता दिने निर्णय भएको जनमतका प्रवक्ता शरद यादवले बताए । उनले खासगरी बैठकमा छलफलको सुरुवात भएको बताए । उनले भने,‘जुन उदेश्यका लागि हामी बस्यौं, त्यसमा खास गरेर जुन अहिले देशको  राजनीतिक प्रस्तुति, संविधान संशोधनका कुराहरु र समसामयिक राजनीतिक घटनाक्रमहरुलाई लिएर मधेशबाट प्रतिनिधित्व गर्ने सबै दलहरुका बीचमा एउटा छलफलको सुरुवात भएको दिन हो  । यसलाई हामीले  निरन्तरता दिने निर्णय समेत गरेका छौँ ।’ यसैगरी उनले सरकार बनाउनु भन्दा अगाडि दुई दलले गरेको संविधान शंसोधनको कुरामा संविधानमा छुटेका कुराहरु समेट्नुपर्ने आफूहरुको माग रहेको बताए । उनले  संविधान संशोधनलगायतमा मधेशको मुद्दालाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस