रिहा भए रबि
समाज खबर संवाददाता |
पोखरा । रास्वपा सभापति एव पूर्व उप प्रधान एव गृहमन्त्री रबि लामिछाने कास्की जिल्ला अदालतले तोकेको ६५ लाख बैंक ग्यारेन्टी बुझाएपछि रिहा भएका छन् । उनलाई रिहा लगत्तै पक्राउ गर्ने भनिएपनि प्रहरी पछि हटेको छ । उनलाई स्वास्थ्य परिक्षण पछि रिहा गरिएको हो । उनी काठमाण्डौ जिल्ला अदालतमा आँफै उपस्थित हुने गरि रिहा गरिएको कास्की प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत २ कात्तिकको राति काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याएको थियो ।लामिछानेमाथि जहाँ-जहाँ मुद्दा छ ती सबै जिल्लाका अदालतमा कास्कीमा जस्तै थुनछेक बहस हुनेछ।
प्रतिकृया दिनुहोस