आज : Tuesday, January 07, 2025 | २०८१ पौष २३ मंगलबार

पुर्व उपराष्ट्रपति पुन सक्रिय राजनीतिमा , माओवादी बैठकमा उपाध्यक्षका रुपमा सहभागि

समाज खबर संवाददाता |

काठमाण्डौं । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ फेरि सक्रिय राजनीतिमा फर्किएका छन् । नेकपा माओवादी केन्द्रले औपचारिक निर्णय नगरेपनि आजदेखि शुरु भएको केन्द्रीय कमिटि बैठकमा उनी उपाध्यक्षको रुपमा सहभागि छन् । केहि समयदेखिनै उनी पार्टी बैठकहरुमा आमन्त्रित सदस्यका रुपमा सहभागि थिए । बैठकमा मिलाइएको कुर्सी व्यवस्थापन अनुसार प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ । प्रचण्डको दायाँतिर पुन र बायाँतिर नारायणकाजी श्रेष्ठ रहनेगरी आसन व्यवस्थापन गरिएको छ ।  फेरि: सक्रिय राजनीतिमा फर्कन लागेका पुनलाई माओवादी केन्द्रीय कमिटीबाट उपाध्यक्ष मनोनीत गर्ने तयारी छ। उपाध्यक्ष बन्नुअघि नै पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षहरू सरह ठाउँ दिइएको छ। पुर्व राष्ट्रपति , उपराष्ट्रपति भैसकेका ब्यक्ति  फेरि राजनीतिमा आउन हुने नहुने बिषयमा समाजमा बहस ब्याप्त छ । पूर्व राष्ट्रपति भण्डारी पनि एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चा छ । 

प्रतिकृया दिनुहोस