काठमाण्डौं उपत्यकामा भूकम्पको धक्का, धेरै बेर कम्पन
समाज खबर संवाददाता |
काठमाण्डौ उृपत्यकामा आज भूकम्पको धक्का महसुस भएको छ । धेरैबेर भुकम्पको धक्का महसुस भएको थियो । बिहान ६ बजेर ५२ मिनेट जाँदा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्प गएको हो। भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन। केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । भूकम्प गएपछि कतिपय नागरिक घर बाहिर निस्किएका थिए । केहि समयदेखि पश्चिम नेपाल केन्द्रबिन्दु भएर लगातर भूकम्प भैरहेका छन् ।
प्रतिकृया दिनुहोस